शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुगुमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

मंगलबार, कार्तिक २५ २०८२

हुम्ला । गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत् सबस्टेशन जडानका लागि पोल ढुवानी गर्दै गरेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै थियो।

सोरुकोट प्रहरी चौकीका प्रहरी बलवीर लावडका अनुसार, बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर उकालोमा गइरहेको बेला ब्रेक फेल भई करिब ७०० मिटर तल खस्दा दुर्घटना भएको थियो।

यसै दुर्घटनामा हुम्ला अदानचुली–२ की २८ वर्षीया रेशम भण्डारी घाइते भएकी छन्। घाइते भण्डारीलाई लावड जिल्ला अस्पताल, मुगु लगिएको छ।
प्रहरीका अनुसार, ट्याक्टरमा चालक रोकाया र भण्डारी मात्र सवार रहेका थिए।