काठमाडौँ। सरकारले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णय गर्दै सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
अब सिफारिस भएका सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्ने छन्।