बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले बाेलायाे विघटित प्रतिनिधि सभाको संसदीय दलकाे बैठक

सोमबार, कार्तिक २४ २०८२

काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ।

एमालेका नेता महेश बर्तौलाले बैठक बोलाइएको उद्देश्यबारे जानकारी दिँदै भने, “मुलुकमा विकसित वर्तमान असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक राखिएको हो।”

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको छ। प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि प्रमुख सचेतकको हैसियतमा बर्तौलाले बैठक बोलाएका हुन्।