बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनआईसी एशिया बैंक र क्यापिटलका ग्राहकले खल्ती मार्फत रकम बुुझाउन सक्ने

बिहिबार, असार २६ २०७६

काठमाडौ, असार २६
एनआई सी एशिया क्यापिटल लिमिटेड तथा एनआई सी एशिया बैंक लिमिटेडमा हितग्राही खाता खोलेका ग्राहकहरुले खल्ती मार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सक्ने भएाछन । 

हितग्राही खातावालाहरुको सुविधालाई मध्येनजर राख्दै एनआई सी एशिया क्यापिटल लिमिटेड तथा एनआई सी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दे आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको एनआईसी एशिया बैंकले जानकारी दिएको छ ।

उक्त नविकरण शुल्क ई सेवा मार्फत समेत भुक्तानी गर्न सकिने जानकारी समेत बैंकले दिएको छ ।  हाल एनआई सी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायत कामर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दे आईरहेको छ । 

साथै एनआई सी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना “एनआई सी एशिया ग्रोथ फण्ड” संचालन गरिरहेको छ । बीमितले लिन सकिने; ३५ वर्ष सम्मको बीमा अवधिवा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने रहेको कम्पनीले जानकारी दिएको छ ।  

शूर्या लाइफ केयर” सम्बन्धी पुरक करार बीमितहरुको सहजतालाई मध्येनजर गरि कम्पनीबाट जारी भएका सबै बीमा लेखहरुमा समेत यस्तो सुबिधा रहेको छ ।

यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमा लेखमा यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।