शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेस सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

सोमबार, कार्तिक २४ २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि राजनीतिक विवाद बढेको छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि नयाँ सरकारको गठनको विरोध जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको र यस कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन्।

लिङ्देनले पार्टीका सदस्यहरूलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा विधानअनुसार कारबाही हुने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा लेखेका छन्– “मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लङ्घन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुनेछ।”