शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

के गर्दैछौं र के गर्‍यौं भन्न मिल्दैन, तर शुद्धचित्तले काम गर्दैछौं : गृहमन्त्री अर्याल

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यशैलीबारे केही विषयमा स्पष्ट विवरण दिन नमिल्ने भए पनि शुद्धचित्त र इमान्दारपूर्वक काम गरिरहेको बताएका छन्।

जेनजी अगुवा सुदन गुरुङले उनको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला गृहमन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्नै नमिल्दो अवस्था हुन्छ, र के गर्‍यौँ पनि भन्न सकिँदैन। आफ्नो शुद्धचित्तले कर्म गरिरहने बाहेक हामीसँग अरू विकल्प हुँदैन।”

 “कार्यकालको अन्त्यतिर जनतालाई धैर्यताका लागि धन्यवाद दिनेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म पुर्‍याउने यस सरकारको जिम्मेवारी पूरा गर्नेछौँ।” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।