शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज हिमाली भेगमा हिमपातको सम्भावना

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै विशेष मौसम प्रणाली सक्रिय छैन।

अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी अधिकांश भागमा मौसम मुख्यतः सफा रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानमा बादल लाग्ने सम्भावना रहेको छ। तर, देशका अधिकांश भागमा मौसम खुला रहनेछ।

यस्तै, कोशी र गण्डकीका उच्च हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। राति भने कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहने र देशका अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।