काठमाडौँ । नेपाली कांग्रेसले आज दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
बैठकले पूर्वमन्त्री तथा कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेस नेता आलमको गएराति साढे २ बजे निधन भएको थियो ।