शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कर अधिकृत र ठेकेदारविरुद्ध भ्याट अनियमिततामा मुद्दा

शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैंचा नगरपालिकामा गछिया खोला बालुवा–गिट्टि उत्खनन् कार्यमा भ्याट अनियमितता भएको भन्दै आरोपपत्र दायर गरेको छ।

आव २०७६/७७ मा नगरपालिकाले ठेक्का दिएको धरानस्थित स्वामिनारायण निर्माण सेवा प्रालिले भ्याट दाखिला नगरी झुठा भौचर नगरपालिकामा पठाएको पाइएको अख्तियारले जनाएको छ। कम्पनीले कर अधिकृतसँग मिलेमतो गरी कर छली गर्दै १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँको भ्याट दाखिला नगरी अनियमित लाभ लिएको उल्लेख छ।

यस प्रकरणमा तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतलाई प्रतिवादी बनाइएको छ। अख्तियारले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गर्दै जरिवाना र कैद सजाय माग गरेको छ।