बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘नेपाली कम्युनिस्ट पार्टी’ले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । विभिन्न १० दल मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटकबीच बुधबार एकता घोषणा भएको थियो। एकता घोषणा भएको भोलिपल्टै नयाँ पार्टीले आफ्नो चुनाव चिह्न ‘पाँचकुने तारा’ राख्दै आयोगमा दल दर्ताको प्रक्रिया सुरु गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ।

नयाँ पार्टीले एकताको प्रतिबद्धतापत्र र घोषणापत्र सहित निवेदन पेश गरेको छ। नेता शिव खकुरेलका अनुसार, पदाधिकारी टुंगिएपछि आयोगमा विधानलगायतका अन्य आवश्यक दस्तावेजहरू पेश गरिनेछ।