बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : शक्तिशालीलाई नछुनु ओली सरकारकै ढाँचामा ढल्किनु भएको हो ?

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्ने प्रश्न उठाएका छन् ।

गुरुङले एउटै अभिव्यक्तिमा डा निकोलास भुसाललाई पक्राउ गरिएर महेश बस्नेतलाई किन पक्राउ नगरिएको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका हुन्।

उनले सामाजिक सञ्जालमा सोधेका छन्, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुनु ओली सरकारकै ढाँचामा ढल्किनु भएको हो ? ”

गुरुङले यस अभिव्यक्तिलाई बन्द कोठामा थाकेर आएको भावनासहित राखेको उल्लेख गर्दै, आन्दोलनलाई कमजोर हुँदै गएको जस्तो लाग्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।