बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बझाङको काँडागाउँमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

बिहिबार, कार्तिक २० २०८२

बझाङ । बझाङमा भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

बुधवार साँझ थलारा गाउँपालिका–२ काँडागाउँ नजिक ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका पमले खाती र जसे खातीको ज्यान गएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले दुवै जनाको मृत्यु पुष्टि गर्दै शव स्थानीय अस्पतालमा राखिएको जानकारी दिए।

दंगाजीबाट काँडागाउँतर्फ सामान बोकेर गइरहेको सुप प्र ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक खुसीराम चौधरी गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।