काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज अपराह्न स्वदेश फर्किँदै छन्।
राष्ट्रपति पौडेलले गत मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सामाजिक न्याय, समावेशी विकास र गरिबी निवारणमा नेपालको प्रतिबद्धता व्यक्त गरेका थिए। उनले “सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण – गरिबी निवारण, पूर्ण तथा उत्पादनशील रोजगारी, र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण” विषयक उच्चस्तरीय गोलमेच सत्रमा पनि आफ्ना विचार प्रस्तुत गरेका थिए ।