शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सबै चिज बदलियो तर, पुराना पार्टीको नेतृत्व सधैँ उही : घनश्याम भुसाल

बुधबार, कार्तिक १९ २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले समाज नयाँ हिसाबले पुनर्गठित भए पनि पुराना पार्टीहरूको नेतृत्व अझै बदलिन नसकेको बताएका छन्।

माओवादी केन्द्रसँगको एकता प्रक्रियामा नजाने निर्णयपछि पत्रकार सम्मेलनमा भुसालले भने,“सबै चिज बदलियो। तर, पुराना पार्टीको नेतृत्व सधैँ त्यहीँ रहनुपर्ने।”

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयदेखि आफ्नो पार्टी नेतृत्वमा रहेकाले पुराना ढाँचाले अझै कायम रहेको बताए।

भुसालले माधव नेपाललाई मुद्दा लागेपछि पार्टीमा आफ्नो हैसियत पुनर्विचार गर्न प्रयास गर्दा बहुमतले अस्वीकार गरेको पनि सुनाए।

“पार्टी नेतृत्व जब गलत हुन्छ, त्यसले पार्टी कब्जा गर्दो रहेछ। पार्टी नै राज्य दोहनमा संलग्न भएपछि यस्तै हुन्छ, सारा कुराले घुँडा टेकेको।” उनले भने ।

उनले भने, ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौँ । यो एकता प्रक्रियाको सुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौँ ।’