काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनाको अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा औपचारिक जाहेरी दर्ता गरेका छन्।
उनीहरूले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन्। जाहेरीपछि प्रहरीले अदालत परिसरमा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी प्रक्रिया सुरु गरेको जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए, साथै अन्य भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको थियो।