बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दोलखामा हिमपहिरोमा चार विदेशी आरोही बेपत्ता, उद्धार जारी

मंगलबार, कार्तिक १८ २०८२

काठमाडौँ, । दोलखाको रोल्वालिङ क्षेत्रमा सोमबार गएको हिमपहिरोमा चार जना विदेशी नागरिक आरोही बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले पुष्टि गर्दै भने कि घटनामा नेपाली नागरिकको बेपत्ता हुने सूचना छैन।

हिमपहिरो गएपछि दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। डीएसपी महतोका अनुसार, उद्धार टोलीले घाइते चार जनालाई घटनास्थलबाट बेसक्याम्पतर्फ ल्याएर आज बिहान हेलिकप्टरमार्फत काठमाडौँ पठाएको छ। घटनास्थलमा अझै तीन मृतदेह राखिएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारमा संलग्न छ।

हिमपहिरो गएको ठाउँमा जम्मा १४ जना आरोही गएका थिए, जसमा ७ नेपाली र ७ विदेशी रहेका थिए। घाइते चार जना आरोही बेसक्याम्पसम्म आइपुगेका थिए र उनीहरूको स्वास्थ्य अवस्था जाँच भइरहेको छ।

प्रहरीले मृतक र घाइतेहरूको नाम सार्वजनिक गरेको छैन।