काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सोमबार राष्ट्रपतिको निजी आवास रहेको बोहोराटार क्षेत्र र प्रहरी चौकी बालाजुको निरीक्षण गरेका छन् ।
भदौ २४ गतेको आन्दोलनका क्रममा बोहोराटारस्थित संरचनामा आगजनी र क्षति भएको थियो। सो क्षति मूल्याङ्कनका लागि गृहमन्त्री अर्याल बिहानै घटनास्थल पुगेका हुन् ।
त्यसपछि उनले आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त बालाजु प्रहरी चौकीको पनि अवलोकन गरे। आन्दोलनकारीहरूले सो चौकीमा तोडफोड र आगजनी गरेका थिए।
घटनास्थलको अवलोकनपछि गृहमन्त्री अर्यालले सम्बन्धित निकायलाई सुरक्षा सुदृढीकरण र पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएको बताइएको छ।