काठमाडौं । प्रेस चौतारी नेपालले सोमबार दिउँसो १ बजे नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन र समसामयिक राष्ट्रिय राजनीतिसम्बन्धी विषयमा महासचिव पोखरेलले आफ्नो दृष्टिकोण राख्नेछन्।
संवाद कार्यक्रम प्रेस चौतारी नेपाल, केन्द्रीय कार्यालय, पुतलीसडक, न्यू प्लाजामा आयोजना हुने बताइएको छ।
आयोजक संस्थाले सञ्चारकर्मीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।