काठमाडौँ । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर पु¥याउन नसकिएका गाडीहरू आजदेखि पुनः जान थालेका छन्।
सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहरका गाडीहरू साइटमा जान सुरु भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
स्थानीय सरकारले पटकपटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेको थियो।
चार दिनसम्म फोहर फाल्न रोकिएपछि काठमाडौँका घर–गल्लिमा फोहरको थुप्रो बढेको थियो।