काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले शनिबार मध्यराति फेसबुकमा राखेको पोस्टले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ।
राति करिब १२ बजे लेखिएको उक्त पोस्ट समर्थकहरूको आलोचनापछि बालेनले हटाइसकेका छन्। तर, पोस्टको स्क्रिनशट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र विभिन्न व्यक्तिहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
नेकपा एमालेका नेताहरूले बालेनमाथि तीव्र टिप्पणी गरेका छन्।
पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बालेनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै चेतावनी दिएका छन्। उनले फेसबुकमा लेखेका छन् —“बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र अराजकता र मुठभेड बढ्छ।”
त्यस्तै, एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले बालेनको व्यवहारप्रति कडा टिप्पणी गर्दै लेखेका छन् —“बालेनले आफ्नो सक्कली अनुहार उदांगो पारेका छन्। काठमाडौंको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही हुन्।”
सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यस विवादले व्यापक चर्चा निम्त्याएको छ।
यस्तो थियो बालेनले डिलिट गरेको स्टाटस
