काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ।
माथिबाट ढुंगा खस्दा केही समयका लागि सडक अवरुद्ध भएको थियो। ढुंगा झर्ने क्रम रोकिएपछि मेशिनको सहायताले अवरोध हटाइएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार तुइन खोला क्षेत्र अझै पनि पहिरोको उच्च जोखिममा रहेको हुँदा यात्रु र चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अत्यन्त सावधानीका साथ सवारी चलाउन आग्रह गरिएको छ।