काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुने भएको छ।
सुनुवाइ उच्च अदालत तुल्सीपुर–बुटवल इजलासमा न्यायाधीशहरू ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा हुने छ।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा समान प्रकृतिको भएको भन्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।
थुनाबाहिर रहेर मुद्दा लड्ने लामिछानेको मागअनुसार, उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेश गर्न आदेश दिएको छ।