बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हिमालयन बैंकको ऋणपत्र किन्ने ? १० प्रतिशत छ ब्याजदर

मंगलबार, असार २४ २०७६

काठमाडौं हिमालयन बैंकले आफ्नो पूँजी कोष बलियो बनाउन साउन २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने भएको छ ।

 

बैंकहरुले बिक्रीमा ल्याएको ऋणपत्र बिक्नै छोड्दा हिमालयन बैंकले पनि १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो । सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

 

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ सर्वसाधारणको लागि निकाषशन गर्न लागेको हो ।

 

सर्वसाधारणको लागि छुट्याइएको १ लाख २० हजार कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

 

बैंकको ऋणपत्र खरीद गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट छिटोमा साउन ६ गतेसम्म आवेदन गर्न पाउनेछन् । सो अवधिमा सबै ऋणपत्र खरीदका लागि आवेदन नपरेमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।