बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव : उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौं । देशका विभिन्न भागमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। यो प्रभाव पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ तथा अरब सागरको न्यून चापीय प्रणालीसँग सम्बन्धित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम विवरण सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको संभावना रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागले जनाएको छ।

बिहानै देखि उपत्यकामा परेको हल्का वर्षाले जनजीवनमा सामान्य असुविधा पुर्‍याएको छ। सडकमा हिलो र सवारी साधनको गति सुस्त भएको स्थानहरू रहेका छन्। जनतालाई सावधानी अपनाउन महाशाखाले सुझाएका छन्।