शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बिहिबार, कार्तिक १३ २०८२

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडार सडकखण्डमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, मृत्यु हुनेमा चालक सुनछहरी गाउँपालिका–६ का ३२ वर्षीय थम्मन रोका मगर रहेका छन्। बुधबार राति करिब ९:१५ बजे लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप लुङ्ग्री गाउँपालिकाको किलाचौरबाट सुलिचौर बजारतर्फ आउँदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका तीन जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको छ।