बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सहकारी होस त यस्तो, ४ करोड ७९ लाख त कर नै तिर्‍यो

मंगलबार, असार २४ २०७६

ललितपुर । कुनै सहकारीले वर्षमा राज्यलाई मात्रै ४ करोड ७९ लाख भन्दा बढी कर तिर्न सक्छ भन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर  पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले  यस्तै सफलता पाएको छ । यो सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७५ प्राप्त गरेको छ ।

 

९७ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट लालीगुराँसलाई उत्कृष्ठ सहकारी पुरस्कार प्रदान गरिएको हो ।

 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपियाँ नगदसहित सम्मान पत्र प्रदान गरिन् । गएको चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन घोषणा गरिएको पुरस्कार अन्तर्रा्िष्ट्रय सहकारी दिवसको दिन प्रदान गरिएको हो ।

 

कार्यक्रममा सात प्रदेशबाट ७ र संस्थागततर्फ ललितपुर बहुउद्देश्यीस संघलाई सम्मान गरिएको थियो । २०५६ सालमा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई कारोबार सुरु गरेको यस संस्थालाई ६२ औं सहकारी राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट सहकारीको रुपमा पनि घोषणा गरिएको हो । संस्थाले चालु आवमा सरकारलाई चार करोड ७१ लाख ९७ हजार १९९ राजश्व बुझाएको जनाएको छ । 

 

सहकारी संस्थाहरुबाट राजश्वमा यति धेरै योगदान गर्ने लालीगुराँस नै पहिलो भएको सो संस्थाको दावी रहेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, भक्तपुरको कौशलटार र चितवनको खैरहनी गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

 

१७ हजार ८७० जना शेयर सदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठूलो डेरी फार्म संचालनमा ल्याएको छ । संस्थाले ललितपुरको गोदावरीमा डेरी उद्योग संचालनमा ल्याउने तयारी गरेको छ । साथै, लालीगुराँसले लालीगुराँस हस्पिटल, लालीगुराँस एजुकेशन फाउण्डेशन, भैरवकुण्ड हाईड्रोपावरमा पनि सञ्चालन गरिरहेको छ ।