बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीज्यू, सत्तालाई हँसीमजाक हुनबाट जोगाउनुहोस् : योगेश भट्टराई

सोमबार, कार्तिक १० २०८२

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीसँग सत्तालाई हँसीमजाकको विषय नबनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे पनि सरकारले अझै पूर्णता पाउन नसकेको र मन्त्रीका लागि विवादास्पद नामहरू चर्चामा आएका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल एक्स मार्फत भट्टराईले लेखेका छन्,

“प्रधानमन्त्री सुशीला कार्कीज्यू, राजनीतिक सत्ता (सरकार) लाई हँसीमजाकको विषय हुनबाट जोगाउनुहोस् !”

भट्टराईको यो टिप्पणी हालैको मन्त्रिपरिषद् विस्तारसँग सम्बन्धित देखिएको छ, जहाँ अन्तिम समयमा श्रम मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको शपथ विवादमा मुछिएको कारण रोकिएको थियो ।