काठमाडौं । मैथिल समुदायमा हर्सोल्लाषपूर्वक मनाउने छठ पर्वको तयारी शुरु भएको छ ।
अन्नकुट तथा गोधन पर्व र भ्रातृद्वितिया पर्व सम्पन्न भए लगत्तै मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरु गरेका हुन् । छठ पर्वका लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सरसफाई तथा सजावटको कार्य शुरु भएको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बाक्लो छ ।
आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई नवदुलहीझैँ सजाइँदैछ ।जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने गर्छन् ।
जनकपुरधामका साथै तराई मधेसका गाउँगाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ