सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सोताङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भिरमा दुर्घटनाग्रस्त भएको हो। गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
मृतक र घाइते यात्रुहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।