काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्न लागेकी छिन्।
प्रधानमन्त्रीमा नियुक्ति पाएपछि दलहरूसँग सरकारको तर्फबाट हुने यो पहिलो औपचारिक संवाद हो। यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दलका नेताहरूसँग गरेको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि दलहरूलाई बोलाइएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित रहेर प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
उनका अनुसार छलफलमा प्रमुख सात राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ।