बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संचारमन्त्री खरेलको घडी भाइरल

आइतबार, कार्तिक २ २०८२

काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नाडीमा बाँधिएको घडी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

हालैको एक सार्वजनिक कार्यक्रममा मन्त्री खरेलले लगाएको सो घडीको तस्बिर फेसबुक र (ट्विटर) लगायतका सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको हो। करिब एक करोड ४४ लाख रुपैयाँ मूल्य पर्ने ‘रोलेक्स डेटोना’ घडी लगाएको आरोप सामाजिक सञ्जालमा फैलिएको छ ।

केही प्रयोगकर्ताहरूले घडीको मूल्य र ब्रान्डबारे टिप्पणी गर्दै विभिन्न अनुमानसमेत गरेका छन् । केहीले मन्त्रीको स्टाइल र व्यक्तित्वको चर्चा पनि गरेका छन्।

मन्त्री खरेलले यस विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएका भए पनि सो तस्बिरले यतिबेला आलोचना उत्पन्न गरेको छ।