काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।
ढुंगानाले विदेशमा रहेका नेपाली नागरिकले पनि निर्वाचनमा मतदान गर्न पाउनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका मुख्य एजेन्डाहरू अघि सारेका छन्।
उनले लेखेका छन्, ‘अब हामीले पोलिटिकल पार्टी खोल्नैपर्ने अवस्था देखेका छौँ । तर, यसको अर्थ यो होइन कि हामी अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं।’
नयाँ पार्टीको औपचारिक घोषणाका लागि ढुंगानाले शनिबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन्।