बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले केन्द्रीय कमिटी तेस्रो दिनकाे बैठक, आज पोलिटब्युरो र पदाधिकारीले धारणा राख्ने

शुक्रबार, असोज ३१ २०८२

काठमाडौँ । नेकपा ९एमाले० को १०औँ केन्द्रीय कमिटीको बैठक आज तेस्रो दिन पनि ललितपुरको जावलाखेलमा सुरु भएको छ।

बैठकमा असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अहिलेसम्म करिब २०० केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूका धारणा सुन्ने कार्यसूची छ।
एमालेमा स्थायी कमिटी सदस्य र पदाधिकारी गरी ९९ जना नेताहरू रहेका छन्। गौतमका अनुसार, सबै वक्ताहरूलाई तीन मिनेट समय उपलब्ध गराइनेछ।

सबै धारणा सुनेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि प्राप्त सुझावहरूको एकमुष्ट जवाफ दिने र त्यसपछि बैठक समापन गरिने कार्यक्रम छ।

अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी बाटो, र नेता–कार्यकर्ताको भूमिका सम्बन्धी निर्देशन पनि दिइनेछ।

त्यस्तै, आजकै बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।