काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका कुरालाई लिएर तनावमा रहेकी छन् । सरकार बनेको महिना दिन वितिसक्दा पनि विभिन्न कारणले सरकारले पूर्णता पाएको छैन ।
विहीबार सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले “मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?” भन्ने प्रश्न सोध्दा प्रधानमन्त्री कार्की केही झोक्किँदै उत्तर दिँदै भनिन्, “भएको भई छ नि।”
यसअघि चार जना जेनजी युवाहरूको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो र उनीहरूको शपथ सोमबार हुने अपेक्षा गरिएको थियो। तर, केही नामहरूमा आन्तरिक विवाद उत्पन्न भएपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको चर्चा छ।
प्रधानमन्त्री कार्कीले भने मन्त्रालयहरू रिक्त नराख्ने बताउँदै छिट्टै पूर्ण मन्त्रिपरिषद् गठन गर्ने बताएपनि उनले पूर्णता दिन सकेकी छैनन् ।