बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

समाजवादी मोर्चाभित्रको एकता छिट्टै टुंगोमा पुग्छ : संयोजक प्रचण्ड

बिहिबार, असोज ३० २०८२

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाभित्रको एकता छिट्टै टुंगोमा पुग्ने बताएका छन्।

आज चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मोर्चाभित्रका दलहरूबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

दाहालले भने, “यो पटक धेरै वामपन्थी पार्टीबीचको एकता समाजवादी मोर्चाबाट सुरु हुनेछ। सबै वाम दललाई एउटै राजनीतिक छातामुनि ल्याएर अघि बढ्ने हाम्रो तयारी अन्तिम चरणमा छ।”

उनका अनुसार यो एकताले देशमा राजनीतिक ध्रुवीकरणको सुरुआत गर्ने र समाजवादी क्रान्तिको आधार तयार पार्नेछ। उनले पार्टी एकताको प्रक्रिया अन्ततः एमालेसम्म पुग्ने सम्भावना पनि औँल्याए।

त्यस क्रममा संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सक्रिय भएको युवापुस्ताको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको रूपमा व्याख्या गरे। उनका शब्दमा, “युवाहरूले उठाएका भ्रष्टाचारविरोधी आवाजहरू माओवादी आन्दोलनका मूल मर्मसँग मेल खाने छन्। सुशासन र शुद्ध राजनीति खोज्ने यो पुस्ता देशको भविष्यका लागि आशाको स्रोत हो।”