शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देश प्रतिक्रान्ति र विनाशतर्फ धकेलिँदै गएको छ : अध्यक्ष ओली

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अहिले प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन्।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै, उनले देशलाई गलत दिशातर्फ जान नदिन पार्टीले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

उनका शब्दमा, “देश बर्बादीतर्फ धकेलिएको छ। अब हामीले यस अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनै पर्छ।”

ओलीले थपे कि एमालेको नीति जनमुखी र सही भएकै कारण पार्टीमाथि सबैभन्दा धेरै प्रहार हुँदै आएको हो। उनले एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको दाबी पनि गरे।