शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद् विघटन असंवैधानिक रहेको सभामुखसँगकाे दलहरूको बैठकको निष्कर्ष

बुधबार, असोज २९ २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरूको बैठकले संसद् विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गरेको छ। बैठकमा सहभागी दलहरूले साझा मत अनुसार संसद् पुनर्स्थापना गरेर जेनजी आन्दोलनका माग समाधान गर्न सकिने अवस्था हुँदाहुँदै विघटन भएको निष्कर्ष निकालेका छन्।

महेश बर्तौलाले बैठकपछि भने, “संसद् जीवित राखेर सबै समस्या समाधान गर्न सकिने अवसर हुँदाहुँदै ठूलो षड्यन्त्रले विघटन गरिएको हो। बैठकमा सहभागी सबै दलको साझा मत यही थियो। सर्वोच्च अदालतमा रिट परिसकेको छ र प्रत्येक दलको आफ्नै निर्णय छ। यसै आधारमा अघि बढ्नेछौं।”

उनले संसद् पुनर्स्थापना गरेर संवैधानिक मार्गबाट जेनजीले उठाएको विषयहरू सम्बोधन गर्नुपर्ने बताएका छन्।

नेपाली काँग्रेसका श्याम घिमिरेले भने, “संसद् विघटन असंवैधानिक भएको हाम्रो पार्टीको ठहर छ। लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पनि पछि हट्दैनौं। सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यसलाई सम्मान गर्नेछौं।”

उनले थपे कि निर्वाचन भएपनि पार्टी तयारी अवस्थामा छ।

यस्तै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानले मान्यता नदिएको बताए।

संसद् विघटन नभएको भए संविधान संशोधनमार्फत जेनजीको माग पूरा गर्न सकिने अवस्था रहेको भए पनि, विघटनले त्यसको बाटो बन्द गरेको बताए।