काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं केन्द्रीय कमिटी बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्दैछ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ।
उनले बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी र कार्यक्रमका बारेमा पनि विस्तृत छलफल हुने जानकारी दिए।
यसअघि, असोज १२ गते बसेको सचिवालय बैठकले यही केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियो।
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनस्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताएका छन् ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ ।