बर्दिया असार, २२–
बर्दिया बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ११ बिजयनगर बस्ने ३५ वर्षीय राम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।