काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नै पार्टीको अवस्थामाथि ध्यान दिन सुझाव दिएका छन् ।
गगन थापाले हिजो भिडियो सन्देशमार्फत तीन दलका तीन प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला १० वर्षदेखि चलिरहेको “म्युजिकल चेयर” राजनीति अन्त्य गरी नयाँ संवादको वातावरण बनाउनुपर्ने भन्दै पुराना तीन दलका शीर्ष नेताहरुलाई बिदा गर्ने समय आएको बताएका थिए ।
त्यसको जवाफमा एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत गगन थापालाई प्रतिवाद गर्दै भनेका छन्, “कांग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्। मैले बुझ्दा तपाईं कांग्रेसको केन्द्रीय समितिमा ५ प्रतिशतको समर्थन र ९५ प्रतिशतको विरोधको अवस्थामा हुनुहुन्छ।”