शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्थगित एमाले सचिवालय बैठक आज बस्दै

आइतबार, असोज २६ २०८२

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।