काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै छन् ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा भएको अवस्थामा राष्ट्रपति पौडेल र दलका नेताबीच पहिलोपटक यस्तो संवाद हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियताका नेताहरू सहभागी हुने जनाइएको छ ।
राष्ट्रपति पौडेलले निर्वाचन तयारी, राजनीतिक स्थायित्व र शान्तिप्रक्रियाको निरन्तरतासम्बन्धी सुझाव लिने उद्देश्यले छलफल आह्वान गरेकाे बताइएको छ ।