बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माइतीघरमा प्रदर्शनमा डा निकोलस भुसालसहित ३ जनाको पक्राउ

बिहिबार, असोज २३ २०८२

काठमाडौं । प्रहरीले आफूलाई राजनीतिक अभियन्ता बताउने डा निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार, विरोध प्रदर्शन गर्न माइतीघर मण्डलमा अनुमति नलिएको अवस्थामा कार्यक्रम आयोजना गर्ने प्रयास गरेपछि भुसाल र अन्य दुई जनालाई नियन्त्रणमा लिइएको हो।

भुसालले जेन–जेड आन्दोलन दबाउने कदमको विरोधमा प्रदर्शन गर्न लागेको बताएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शनमा रोक लगाएको थियो।

पक्राउ पर्ने क्रममा भुसालले गृहमन्त्रीमाथि आक्रोश व्यक्त गरेका थिए र हालका गृहमन्त्री पनि उनको आक्रोशको लक्ष्यमा पर्ने संकेत गरेका थिए।