शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, असोज २३ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार गुप्तासहित तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी तथा विचौलिया सुजनकुमार लामा भन्ने सुजन तामाङ, खेमबहादुर पुन, यमकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध मुद्दा दायर गरेको हो ।