संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पुर्याउँछन् ?
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल चुनाव नगराउनकै लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिएको थापाले आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता थापाले भनेका छन् – ‘सुशीला कार्की र ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ( चुनाव फोविया। चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्। लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।’
साथै थापाले लोकतन्त्रमा भीडले (हुल) मार्फत कुनै पनि व्यहोरा स्वीकार्य नभएको र दोषपूर्ण वा गैरकानुनी आदेशलाई सुरक्षा निकायका अधिकारीहरूले खारेज गरिसकेको उल्लेख गरेका छन् ।
चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसकेकाे उल्लेख गर्दै थापाले गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने विचार व्यक्त गरेका छन् ।
‘संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ।’ उनले लेखेका छन् ।
एक एक ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति नपाउने उनकाे भनाइ छ ।