काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे सुरु हुने तय गरिएको छ।
पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा आगामी केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट प्रक्रिया लगायतका संगठनात्मक तयारीका विषयमा छलफल हुने भएको छ।
बैठकले महाधिवेशन तयारीका साथै अन्य समसामयिक राजनीतिक विषयमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ।