काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालको लगातार भारी वर्षाका कारण इलामलगायतका विभिन्न स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भनेकी छन् -“यस कठिन घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु। राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गर्दछु।”
प्रधानमन्त्री कार्कीले विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य, सहकार्य र एकताको भावना सराहनीय रहेको उल्लेख गर्दै थपेकी छन् –
“प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्य निरन्तर जारी रहेको जानकारी गराउँछु।”