शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु

आइतबार, असोज १९ २०८२

काठमाडौँ । पछिल्ला दुई दिनमा देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाबाट १३ जना घाइते भएका छन् भने ११ जना बेपत्ता छन्।

बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्।
इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङमा तीन, माइजोगमाईमा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

त्यसैगरी, बाढीपहिरोका कारण उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ।
खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्।

पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।