काठमाडाैं । देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा, साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहने र बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।