बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका शहीद परिवार भेट

शुक्रबार, असोज १७ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेट गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नुभएको हो। यसका साथै उहाँले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा यस वर्ष दशैंमा टीका नलगाउने निर्णय सार्वजनिक गरेकी थिइन् ।